काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अखाद्य बस्तु विक्रिवितरण गर्ने मिठाई पसललाई १० हजार रुपैयाँ तिराए जरिवाना

4.77K
shares
khanepani bord

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अखाद्य बस्तु विक्रिवितरण गर्ने मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । तिहार भित्रिएसँगै भक्तपुरमा अखाद्य बस्तु विक्रिवितरण बढिरहेका बेला सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा रहेको जिल्ला स्तरीय बजार अनुगमन समितिले मंगलबार बजार अनुगमनमा क्रममा अखाद्य बस्तु वित्रिवितरण गर्ने मिठाई पसललाई जरिवाना तिराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वको टोलीले मंगलबार जिल्लाको सुर्यविनायक र पाण्डु मार्गमालगायतका बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुइ वटा खाद्यान्न पसल, दुई वटा मिठाई पसल, एउटा फलफल पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मिठाई पसलबाट २ हजार ६ सय रुपैयाँ बरावरको मिठाई बरामद गरेको छ भने दुइ हजार चार सय बराबरको अखाद्य दही पनि नष्ट गरेको अनुगमन समितिका संयोजकसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी परियारले नेपाल प्रेसलाई जानकारी दिईन । क्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहारलाई लक्षित गर्दै कालोबजारी र अखाद्य सामग्री विक्रिवितरण रोक्नका लागि दैनीक रुपमाा अनुगमन गर्दै आएको छ ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत प्रेमकृष्ण खरबुजा, महानगरीय प्रहरी परिसर ललितपुरका प्रतिनिधि, उपभोक्ता मन्चका प्रतिनिधी र सुर्यविनायक नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

IME
khanepani