
काठमाडौं । वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । गत ११ गते कतारबाट आएका युवक ट्याक्सी चढेर दाईको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी लुटिए ।
युवक चढेकाे ट्याक्सीलाई दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकेर २ थान मोवाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औठी थान १ लुटी फरारकाहरु मध्ये २ जना लुटेरालाई पक्राउ गरेको हो ।
उनीहरुलाई १५ गते लुटेको मोवाइल थान १ र मोटरसाइकलसहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलीले नियन्त्रणमा लिई वृत्त गौशालामा बुझाएको छ ।
वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारको लागि गएकाहरु फर्कने क्रममा लुटेको गुनासो आइरहेकोले महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलि परिचालन गरी लुटेराहरुको खोज तलास गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्