काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

डोटीमा बाढीपहिरोबाट आफन्त गुमाएका परिवारले पाए २ लाख

4.98K
shares
khanepani bord

डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले असोज ३१ गतेदेखिको बर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ ।

सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए।

सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउने ६ जनाका परिवारका सदस्यलाई गाउँमै गएर राहत रकम दिएको विष्टले बताए ।

बाढी पहिरोका कारण सायल गाउँपालिका-१ का बिरे रोकाया, वडा नं. ४ का जंगबहादुर विष्ट, वडा नं. ५ का हिरुवा लुहार, देव डुम्रेल, वडा नं. ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी ६ जनाको ज्यान गएको थियो । आशिष र सागर एकै परिवारका हुन्। उनीहरुको परिवारले भने मन्त्रिपरिषदको निर्णय अनुसार ३ लाख रुपैयाँ पाएका छन् ।

रेडक्रस सोसाइटी डोटी शाखाले बाढी पहिरोका कारण प्रभावित परिवारलाई भाडाकुँडा, कम्बल, लुगाकपडासहितको राहत सामग्री वितरण गरेको छ ।

वाढी पहिरोजन्य विपदबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् । राहत रकम वितरण गर्न बाँकी परिवारलाई पनि तत्कालै उपलव्ध गराइने विष्टले वताए ।

मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दिने एक लाख २० हजार रुपैयाँ पनि मंगलबार जिल्ला प्रशासन कार्यालयको खातामा आएको र सो रकम मृतकका आफन्तको बैंकखातामा जम्मा गर्ने प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

IME
khanepani