काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

एमालेले १०औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

4.75K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भने ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । एमालेमै रहने निर्णय गर्नुअघि उनी एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए ।

गैर सांसदहरु रहेको दललाई संसदमा प्रवेश दिएको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। एमालेको अबरोधकै बीचमा संसदको बर्खे अधिवेशन अन्त्य भइसकेको छ ।

एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

IME
khanepani