‘प्रथम छात्रा लेजेण्ड कप फुटसल’ प्रतियोगिताको उपाधी श्री सिद्धि मङ्गल माध्यमिक विद्यालय सफल भयो जित्न

काठमाडौं । लेजेण्ड फुटसल द्वारा आयोजना गरिएको बिद्यालय स्तरीय ‘प्रथम छात्रा लेजेण्ड कप फुटसल’प्रतियोगिताको उपाधी श्री सिद्धि मङ्गल माध्यमिक विद्यालयले जित्न सफल भएको छ।

ललितपुरको महालक्ष्मी नगर पालिका सिद्धिपुरमा सम्पन्न भएको सो फुट्सल प्रतियोगितामा माउन्ट ओलिभ बिद्यालय दोस्रो र भानोदय माध्यमिक बिद्यालय तेस्रो स्थानमा रहन सफल भए।प्रतियोगिताको उच्च गोलकर्ता ट्रफी कोपिला इङ्ग्लिस सेकेन्डरी बिद्यालयकी छात्रा रितिसा श्रेष्ठ बन्न सफल भइन।

प्रतियोगितामा विजयी हुने स्कुल एवम सहभागी खेलाडीहरुलाइ महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ महालक्ष्मी नगरपालिका वडा न ६ का अध्यक्ष वासुदेव महर्जन गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य लगायतले ट्रफी ,पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए।सो अवसरमा गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले यस किसिमको बिद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्ला महालक्ष्मी नगर पालिकामै पहिलोपटक भएकोमा खुशी लागेको र आगामी दिनमा यस किसिमको प्रतियोगिताहरुमा आफुहरुको सहयोग र सहकार्य निरन्तर रहने बताए । कुल सातवटा बिद्यालयको सहभागीता रहेको यस प्रतियोगितामा सहभागी टोलिहरु मध्य दुईवटा टोलि लाई लेजेन्ड फुटसल द्वारा निशुल्क प्रशिक्षण एवम खेल स्थल उपलब्ध गराइएको लेजेन्ड फुटसलका अध्यक्ष अमन महर्जनले जानकारी दिए।

१८,कार्तिक.२०७८,बिहीबार १२:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्