प्रधानन्यायाधीश हटाउन कल्याण श्रेष्ठको नयाँ टुईस्ट बाहिरीयो यसरी

कल्याण श्रेष्ठ सर्वोच्चमा रहँदा गरे कसको कल्याण ? मृगौला देखि जग्गा सम्मका फैसला विवादै विवाद

काठमाडौं । न्यायालय विवादमा अहिले नयाँ टुईस्ट आएको छ । देशले आफनो रफ्तार समातेको छ । राजनीतिक पार्टीहरु भने आगामी निर्वाचनका निम्ति संगठन विस्तार तिर लम्केका छन् । यस्तो बेला एक्कासी कसरी न्यायालय विवादमा आयो ? यस प्रश्नको जवाफका लागि पर्दा पछाडीका खेलाडी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्यान श्रेष्ठ रहेको जानकारी आएको छ ।

पुर्व प्रधानन्यायाधीश श्रेष्ठले भित्रिरुपबाट न्यायालयलाई आदेश दिँदै आफनो स्वार्थपूर्ति गर्ने योजना चल्न छोडेपछी प्रधान न्यायाधीश चोलेन्द्र शमशेरलाई नै सिध्याउने तरखरमा लागेका छन् ।

उनको योजनामा राजनीतिक पार्टी देखि नेपाल बार सम्मलाई प्रयोग गर्ने थियो । तर राजनीतिक पार्टीहरुले उनको प्रस्तावलाई स्वीकारेनन् । नेपाल बारका केहि पदाधिकारी लागे पनि नेपाल बारकै कार्यालयमा यस विषयमा कानुन ब्यवसायी बिच हातपाई भएपछी बारका पदाधिकारीले पनि नैतिकता गुमाई सकेको अवस्था छ ।
न्यायालयलाई नै ध्वस्त पार्ने र आफनो स्वार्थ सिद्ध बनाउने श्रेष्ठको खेलमा पूर्णविराम लाग्ने पक्का भएको छ ।

को हुन कल्याण श्रेष्ठ ?

कल्याण श्रेष्ठ, जसले लगभग ९ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेर नेपालको न्यायकर्म चलाए । जसको पालामा सम्झन भन्दा बिर्सन लायकका धेरै निर्णयहरु भएका छन् त्यसैले उनको कार्यकाललाई कालो कार्यकाल पनि भन्ने गरिन्छ । उनको समयमा भएको सम्झन लायक फैसलाहरु सबै विवादित छन् । श्रेष्ठको सबैभन्दा बढी सम्झिने काम भनेको मृगौलाको अवैध तस्करीमा यिनको संलग्नता हो । सुन्नेलाई उनको कुरा चानचुने लाग्दैन । जब सर्वोच्चबाट बाहिरिए उनले न्यायालयलाई प्रभावित पार्ने गरि अभिव्यक्तिहरु दिन थाले । अप्रत्यक्ष आदेश दिने, यसो गर उसो गर भन्नेमा केन्द्रित हुँदै गए । यसरी हेर्दा उनले सरकार एवं दलहरुमाथि नै दबाब समेत दिने गरेको देखिन्छ । किनभने यिनको दबाबमा सरकारले हालै मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख कार्यकारी निर्देशकमा विवादास्पद छवि भएका डाक्टर पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । पुकार यिनै कल्याण श्रेष्ठका सहोदर भाई हुन् ।

जसमाथि ५ करोड रुपैयाँको घोटालादेखि मृगौला तस्करीको आरोपसम्म लागेको छ । तत्कालीन केपी ओली सरकारले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरेको थियो । तर उनको पदावधी नसकिँदै पूर्व न्यायाधीश श्रेष्ठकै दबाबमा सरकारले डा. पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

ललितपुरको पुल्चोकमा रहेको निदान अस्पताल – जो मृगौला किनबेचका लागि पनि बदनाम छ । यही निदान अस्पताल मार्फत श्रेष्ठले सेटिङमा मृगौला तस्करी गर्दै आएको आरोप लाग्दै आएको छ । एक समय आरोग्य फाउन्डेशनले नै निदान अस्पताल सञ्चालन गरेको थियो । तर, डा. श्रेष्ठले फाउन्डेशनमा रहँदा ५ करोड बढी आर्थिक हिनामिना गरेको पाइएको थियो । डा. श्रेष्ठ आरोग्य फाउन्डेशनकै पूर्व महासचिव समेत हुन् । आरोग्य फाउन्डेशनको लगानीमा स्थापित निदान अस्पताल अहिले श्रेष्ठले आफ्नो एकलौटी पारिसकेका छन् । आरोग्य फाउण्डेशन चर्चित गायिका आनी छोइङ डोल्माको हो ।

नक्कली व्यक्ति खडा गरी मृगौला तस्करी गरेको अभियोगमा प्रहरीले गत बर्ष निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ बीपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेर मुद्दा चलायो । ११ लाख रुपैयाँका लागि मृगौला तस्करी गरिएको घटना त्यतिखेर सार्वजनिक भएको थियो । यो तस्करी ठाडै डा. श्रेष्ठकै संलग्नतामा भएपनि दाजु कल्याण श्रेष्ठको आड र शक्तिमा नै प्रहरीले पुकारलाई पक्राउ गरेन । यसरी मृगौला तस्करीबाट बदनामी कमाएका उनै श्रेष्ठलाई सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको जिम्मा पनि पूर्व प्रधानन्यायाधीश श्रेष्ठकै दबाबमा दिएको थियो । यस्तै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले एनआईडीसी डेभलपमेन्ट बैंकलाई समेत डुबाउने निर्णय गरे ।

सरकारी स्वामित्वमा रहेको एनआईडीसी डेभलपमेन्ट बैंक दरबारमार्गको जमिनलाई निजी क्षेत्रबाट सञ्चालित होटेल याक एण्ड यतीले लिज सम्झौता गरि भाडामा लिएर मुख्य प्रवेशमार्गको रूपमा प्रयोग गर्दै आएको थियो ।

सम्झौता सकिएपछि पुनः सम्झौताका लागि होटेल याक एण्ड यती एनआईडीसी बैंकविरुद्ध अदालत गयो । काठमाडौं जिल्ला अदालतले प्रमाण र सम्झौताका कानूनी आधारमा एनआईडीसीकै पक्षमा फैसला दियो । त्यसपछि होटेल पुनरावेदन अदालतमा पुग्यो, त्यहाँ पनि होटेलले हार्यो ।

जिल्ला र पुनरावेदन अदालतबाट आफ्नो पक्षमा निर्णय नआएपछि याक एण्ड यती होटेल सर्वोच्च अदालतको शरणमा गयो, तर सर्वोच्चले पनि जिल्ला र पुनरावेदन अदालतकै फैसलालाई सदर गरिदियो । यसरी होटेलले हारेपछि एनआईडीसीको जमिन भएर होटेलतर्फ प्रस्थान गर्ने बाटो किनाराका घर तथा जग्गाधनीहरू बाटो कायम राख्न माग गर्दै एनआईडीसीविरुद्ध अदालत गए । जिल्ला र पुनरावेदन अदालतबाट हारेपछि चुपचाप बसेका ती घर–जग्गाधनीहरू कल्याण श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेपछि पुनः सक्रिय बनेर अगाडि आए ।

-डा. पुकारचन्द्र श्रेष्ठ

उता याक एण्ड यती होटेलका मालिक सर्राफले जतिसुकै खर्च लागे पनि आफू व्यहोर्न तयार भएको भनी जग्गाधनीहरूलाई मुद्दा लड्न उकासे । होटेलका मालिक र जग्गाधनीहरूले दुई करोड पचास लाख रुपैयाँ उठाएलगत्तै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त मुद्दा सर्वोच्च अदालतमा दोहो¥याइपाउन निस्सा दिन लगाए र आफू सर्वोच्च अदालतबाट अवकाश पाउनुभन्दा केही दिनअघि उनले एनआईडीसी स्वामित्वको जग्गा सार्वजनिक बाटो कायम गर्ने फैसला गराए । यसबाट सरकारी स्वामित्वको उक्त बैंकले करिब एक अर्ब रुपैयाँ मूल्यबराबरको क्षति व्यहोर्नुपरेको छ ।

सो मुद्दामा कल्याण श्रेष्ठभन्दा अगाडि सर्वोच्च अदालतका दुई न्यायाधीशले जमिनको स्वामित्व एनआईडीसी बैंकको भएको फैसला दिएका थिए । कल्याणले भने सोही जमिन सार्वजनिक भनी निर्णय सुनाइदिएका छन् । एउटै जमिनको विषयमा एउटै अदालतबाट दुई किसिमको निर्णय भएपछि कुनचाहिँ फैसलाका आधारमा जमिनको हकभोग कायम हुने भन्ने गम्भीर प्रश्न उठेको छ । सरकारी स्वामित्वको बैंकलाई डुबाएर कल्याणले उनीहरुको कल्याण गरेरै छाडे ।

१९,कार्तिक.२०७८,शुक्रबार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्