बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका (फोटो फिचर)

काठमाडौं । तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन भाइटीका परेको छ । यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।

दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि व्यवस्थित रुपमा टीका लगाइएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

भूकम्प र कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा भने बालगोपालेश्वर मन्दिरमा भाइटीका प्रभावित भएको थियो ।

२०,कार्तिक.२०७८,शनिबार १०:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्