इंडिया फाउंडेशनको निमन्त्रणामा पूर्व मन्त्रि ढकाल भारत प्रस्थान
वि.सं.२०७८ कात्तिक २१ आइतवार ०८:५१
shares

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारत प्रस्थान गरेका छन। इंडिया फाउंडेशनको निमन्त्रणामा कार्तिक २१/२३ सम्म बिहारको नालन्दा विश्वबिद्धालयमा आयोजित बिशेष सभामा ढकालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा कोभिड-१९ पश्चातको विश्व व्यबस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति श्री एम। वेंकैया नायडुले उद्घाटन गर्ने भएका छन।
बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन। पूर्व मन्त्रि ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी समेत सहभागी भएका छन ।























