नेपाली कांग्रेसले कात्तिक २८ गते बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

२१,कार्तिक.२०७८,आईतवार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्