काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

बाबुरामलाई ओलीको प्रश्न : कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?

4.45K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आन्दानीमाथि प्रश्न उठाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’

पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’

IME
khanepani