काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

ललितपुरको ज्वागलमा एक युवती मृत भेटिइन्

4.69K
shares
khanepani bord

काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

‘बाहिर पसल थियो, आफन्तले देखेपछि अस्पताल लगेछन्’ उनले भनिन्, ‘तर अगाडि नै मृत्यु भइसकेको रहेछ ।’

शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ, यसमा अरु कुनै कारण छ कि भन्नेबारे पनि अनुसन्धान हुन्छ ।’ उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।

IME
khanepani