काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

ललितपुरमा मंगलबार भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम, रिपोर्ट आउन बाँकी

3.72K
shares
khanepani bord

काठमाडौं । ललितपुरको मंगलबारमा भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम गरिएको छ । लिखित प्रतिवेदन भने आउन बाँकी छ ।

पाटन अस्पतालका चिकित्सकहरुले दिएको प्रारिम्भक जानकारी अनुसार चारै जनाको मृत्यु निसासिएर भएको छ । स्रोतका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकार र उनकी बुहारी रञ्जना ताम्राकारको शरीरको अधिकांश भाग जलेको छ । नाती निर्जल ताम्रकारको अगाडिको पाटो जलेको पाइएको छ ।

शुक्रबार साँझ म्ह पूजा गरिरहेका वेला घरमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको थियो । घरमा ११ जना थिए, तीमध्ये ५ जनाको उद्दार गरिएको थियो भने दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पताल लगिएका मध्ये एक जना डिस्चार्ज भएका छन्, अर्का एक जनाको उपचार जारी छ ।

प्रहरीको हालसम्मको अनुसन्धानले तेस्रो तलामा रहेको दियो पर्दामा सल्किएपछि आगो फैलिँदै चौथो तलासम्म पुगेको देखाएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

khanepani