काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

तिहारपछिकाे पहिलाे दिन १५ सयले बढ्यो सुनको मूल्य

5.5K
shares
khanepani bord

काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला १५ सयले बढेको छ ।

आज छापावाला सुनको मूल्य ९२ हजार ५०० कायम भएको छ । छापावाला सुनको मूल्य गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । गत बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५मा कारोबार भएको थियो ।

IME
khanepani