
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दोस्रो चरणको आन्दोलनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश भएको आरोप लगाएका छन् ।
नेपाल बार एसोसिसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायपालिकाको शुद्धिकरणका लागि भएको बताएका छन् ।
एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्णले प्रधानन्यायाधीश सडकले भनै न्याय परिवारबाट राजीनामा माग बताएका छन् ।
‘प्रधानन्यायाधीशले सडकबाट राजीनामा माग्दैमा दिन्न भन्नुभएको छ । न्यायपालिका भनेको बार र बेन्च हो । अहिले सबै न्यायाधीश र बारले उहाँको राजिनामा माग गरेको छ । यो भनेको सडक होइन परिवार हो ।
परिवारले राजीनामा माग गरेको हो । तपाईंले न्यायपालिकाका संरचना बुझ्नु हुन्न कि के हो ?’ कर्णले भने ‘न्याय सम्पादन गर्दिन भन्दा कसरी न्यायाधीश हुनुहन्छ नैतिक रुपमाले बस्न मिल्दैन । त्यसैले तपाईंले राजीनामा दिनुपर्छ । राजीनामा भनेको संविधानमा लेखिएको विषय हो ।’
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणा अहिलेको समस्याको समाधान नभएर कारण भएकाले राजीनामा दिनुपर्ने बताए ।
‘प्रधानन्यायधीशको गैरन्यायिक आचरणको कारणले अहिले संकट देखिएको हो’, त्रिपाठीले भने, ‘पहिले विवाद थियो । अहिले संकट बनेर आयो । उहाँ समस्याको समाधान होइन, कारण हो । न्यापालिका सबैभन्दा ठूलो भनेको जनताको विश्वास हो त्यो प्रधानन्यायाधीशको कारण संकटमा परेको छ ।’
उनले न्यायपालिका भंग हुने अवस्थामा पुगेको बताए । ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो,’ त्रिपाठीले भने । उनले प्रधानन्यायाधीश राणाकै न्यायपालिकामा सेटिङको कुरा सुनिएको र बिचौलियातन्त्र मौलाएको बताए ।
उनले प्रधानन्यायाधीश जबरा जतिको असक्षम र भ्रष्ट नेपालको न्यायिक इतिहासमा कोही पनि नभएको बताए । ‘प्रधानन्यायाधीशले पद त्याग नगरुन्जेलसम्म यो आन्दोलन जारी रहन्छ । यो आन्दोलन न्यायको पवित्रता र बिचौलियातन्त्रलाई उन्मूलन गर्नका लागि राजीनामा दिनुपर्ने हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्