काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने

3.84K
shares
khanepani bord

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको छ । त्यसको लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार कोरियाले मानव संशाधन विभाग (एचआरडी)सँग परीक्षा फेरि सञ्चालन गर्नेबारे सहमति भइसकेको बताए । तर, मिति भने तय हुन बाँकी छ । आवश्यक प्रोटोकल पनि तयार गरेर परीक्षा गर्ने योजना विभागको छ ।

‘अबको भाषा परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुन्छ, त्यसैले हामी कम्प्युटर पूर्वाधारसहितको उचित स्थान खोजिरहेका छौं,’ उनले भने । उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा विकल्पका रुपमा भेटिएको छ ।

ईपीएस कोरिया शाखाका अनुसार अहिले सीभीटी परीक्षाका लागि कार्यालयमा रहेको कम्प्युटर भाषा परीक्षाका लागि पर्याप्त हुँदैन । शाखाले परीक्षा सञ्चालान गर्ने गरी तयार गरेको भवनमा निर्माणपछि प्राविधिक समस्या देखिएको छ । भवनलाई पाइलिङ गरेर पर्खाल दिनुपनेर् भएपछि तत्काल सो भवनमा परीक्षा नहुने भएको महानिर्देशक काफ्लेले बताए ।

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन । सो वर्ष वर्ष कोरियाले पाँच हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा सो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सोही परीक्षाबाट कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो । त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएन ।

केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो । तर, दुई पटकको परीक्षा रोकिएका छन् ।

कोरोना रोकथामका लागि कोरियाले लिएको नीतिका कारण परीक्षा अनिश्चित भएको थियो । नेपालबाट सन् २०२०का लागि मात्रै ९२ हजार कामदारले कोरियन भाषाका लागि परीक्षाका लागि आवेदन दिएका थिए ।

सरकारले २०७६को अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिन पुगे । रोकिएका श्रमिकमध्ये दुई हप्ताअघि ४९ जना प्रतिवद्ध श्रमिक कोरिया गएका थिए । अब क्रमसैसँग रोकिएका श्रमिकलाई पनि पठाउने प्रक्रिया शुरु भएको महानिर्देशक काफ्लेले बताए ।

khanepani