कार्गो व्यवसायी अधिकारी बलात्कार आरोपमा पक्राउ

काठमाडौं । कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

‘उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग छ’ सिंहले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

कमलपोखरी प्रहरीका एक अधिकृतका अनुसार पीडित बालिकाको घाउजाँच, बयान र घटना भएको भनिएको स्थानको वस्तुस्थिति बुझ्ने काम भइरहेको छ ।

२२,कार्तिक.२०७८,सोमबार १३:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्