प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था र सरकार सञ्चालनबारे छलफल भएको छ । देउवा र प्रचण्डको छलफलमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने सहमति बनेको छ । सोही अनुसार आज साँझ ५ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ ।

बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा उपनिर्वाचनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

२२,कार्तिक.२०७८,सोमबार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्