छोरा नजन्माएको भन्दै श्रीमानले श्रीमतीको गरे हत्या

नेपाली जनता

जनकपुरधाम । ‘बझिनिया’ भन्दै धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको मृतकका माइती पक्षकाे आरोप छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताए ।

कार्तिक ८ गते राती रक्सी खाएर साफीले घरमा सुतिरहेका छोरीको घाँटी थिचेर हत्या गरेको उनको आरोप छ । मृतकको शरिरभरि ढाम देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाइ छ ।

किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् ।

यता, ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उनले भने, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केहि प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडि बढ्छ ।’

यो पनि पढ्नुहोस  भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दूरसञ्‍चार प्राधिकरणमा चार कम्पनीको प्रस्ताव
२३,कार्तिक.२०७८,मंगलवार १०:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: