युवक हत्या प्रकरणः पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ५ आरोपी पक्राउ

कैलाली । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्याको बिरोधमा स्थानीयले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलवार राती दुई समूह बीच झडप हुँदा बडुवालमाथी चक्कु प्रहार भएको थियो । पुरानो रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ। यसैबीच चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार अन्यको खोजी भइरहेको छ ।

२४,कार्तिक.२०७८,बुधबार १०:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्