
न्यूयोर्क । संयुक्त राष्ट्रसंघले नेपालकी संज्ञा मल्ललाई ‘युएन पुलिस अफिसर अफ दी इयर’ अवार्ड प्रदान गरेको छ ।
गएराति भर्चुअल माध्यममा आयोजित कार्यक्रममा उनलाई अवार्ड प्रदान गरियो । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले कंगो मिसनमा खटिएकी नेपालकी महिला प्रहरी अधिकृत मल्ललाई बधाइ समेत दिएका छन् ।
‘आफ्नो कामबाट उनले राष्ट्रसंघलाई अझै समृद्ध तुल्याउने प्रयास गरेकी छिन्’ महासचिव गुटरेसले सन्देशमा भनेका छन् ।
राष्ट्रसंघको नेपाली नियोगका कूटनीतिज्ञ अमृत राईले मल्ललाई बधाइ दिएका छन् । स्वास्थ्य तथा वातावरण विभागमा रहेर मल्लले कोभिड–१९ महामारी नियन्त्रणमा भूमिका खेलेको जनाइएको छ ।
राष्ट्रसंघीय प्रणालीभित्र मल्लले समानताको सन्देश प्रवाह गरेको पनि महासचिव गुटरेसले बताएका छन् । विश्वमा शान्ति स्थापना गर्ने कार्यमा उनले अन्य महिला शान्ति सैनिकलाई पनि प्रेरणा दिएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्