१२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने भएको छ ।

तथ्यांक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विहीबार बिहान ९ बजे राष्ट्रपति भण्डारीको पहिलो गणना गरेर यसपटकको जनगणना सुरू हुने जानकारी दिइएको छ ।

त्यसपछि प्रधानमन्त्री शेर बहादुर देउवाको ११ बजे गणना गरिनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको १ बजे गरिने विभागले जनाएको छ ।

२४,कार्तिक.२०७८,बुधबार १३:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्