काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

हुम्लाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, महाधिवेशन प्रतिनिधि छान्न बैठक बस्दै

3.78K
shares
khanepani bord

सुर्खेत । नेकपा एमाले हुम्लाले सबै सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

एमाले हुम्लाका अध्यक्ष दल रावलका अनुसार सबै पालिकाको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ । आज महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि जिल्ला कमिटिको वैठक बसिरहेको उनले जानकारी दिए ।

जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्ष रावलले बताए । उनका अनुसार ताँजाकोट गाउँपालिका अध्यक्षमा नरदीप थापा, अदानचुली गाउँपालिकामा बुध भण्डारी, चंखेली गाउँपालिकामा टेकबहादुर शाही, सर्केगाड गाउँपालिकामा भीमबहादुर सिंह अध्यक्ष चयन भएका छन् ।

खार्पुनाथ गाउँपालिकामा प्रकाशबहादुर शाही, सिमीकोट गाउँपालिका चिन रावत र नाम्खा गाउँपालिका टोप छिरिङ तामाङ अध्यक्षमा चयन भएका छन् ।

khanepani