आजदेखि नेपालको पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरु

काठमाडौं । आजदेखि नेपालको पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरु भएको छ ।

पशुपतिनाथ मन्दिरबाट सुरु भएको र्‍यालीको शुभारम्भ पर्यटन तथा संस्कृतिमन्त्री प्रेमबहादुर आलेले गरे । दुई मुलुकबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै उनले र्‍यालीलाई शुभकामना दिए ।

मन्त्री आले र भारतीय राजदूत विनयमोहन क्वात्राले र्‍यालीको सुरुआत गरे । उक्त ¥याली पाँच दिनमा काशी विश्वनाथसम्म पुग्ने बताइएको छ ।

२५,कार्तिक.२०७८,बिहीबार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्