काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै, नेपाल आयल निगमको बुटवलमा प्रदर्शन

4.78K
shares
khanepani bord

बुटवल । नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।

एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् ।

निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताए ।

IME
khanepani