काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

शुक्रबार नेपाल बारले सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने

4.13K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च बहिष्कार गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै जारी आन्दोलनमा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरी घाइते बनाएपछि बारले यस्तो निर्णय गरेको हो।

उसो त सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बन्दीबाहेकका मुद्दामा इजलास बसिरहेका छैनन्। राणाले मात्र आफ्नो एकल इजलास तोक्दै सुनुवाइ गरिरहेका छन्।

बारले भने बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलास समेत बहिष्कार गर्ने महासचिव लिलामणि पौडेलले जानकारी दिए।

हामीले गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको छ। हामीले अब भोलि सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने भएका छौं, उनले भने, बन्दीप्रत्यक्षीकरणका मुद्दा परेका इजलास समेत बहिष्कार गर्ने कुरा भएको छ।

नेपाल बारको बैठक बसिरहेकाले केही समयमा थप निर्णय आउने पनि उनले बताए।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बार एघार दिनदेखि आन्दोलनमा छ। वकिलहरूले नेपाल बारको परिसर र सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन्।

IME
khanepani