काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

भ्रष्टाचार मुद्दामा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजायको फैसला

3.69K
shares
khanepani bord

ढाका । भ्रष्टाचार मुद्दामा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाइ सुनाइएको छ । प्रतिपक्षी दल र उनका समर्थकले चाहिँ यो फैसलालाई राजनीति प्रेरित भएको आरोप लगाएका छन् ।

राजधानी ढाकाको अदालतले ७० वर्षिय पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाविरुद्ध यस्तो फैसला सुनाएको हो । उनले एक निजी बैंकसँग मिलेर ४ लाख ७१ हजार अमेरिकी डलर अपचलन गरेको अदालतले जनाएको छ ।

सन् २०१७ मा उनले संसदले न्यायाधीशलाई बर्खास्त गर्न नसक्ने फैसला गरेका थिए । यो फैसलालाई कानून व्यवसायीले न्यायालयको संरक्षण गर्ने भन्दै यसको प्रशंसा गरेका थिए ।

उक्त फैसलापछि उनलाई राजीनामा दिन बाध्य तुल्याइएको थियो । त्यसपछि उनी देश छाडेर अमेरिकामा आप्रवासी जीवन बिताउन थालेका थिए । अभियानकर्ताले जेल सजायको यो फैसलाले अदालतको विश्वसनियतामा प्रश्नचिन्ह खडा गरेको बताएका छन् ।

१६९ मिलियन जनसंख्या भएको मुस्लिम बहुल मुलुक बंगलादेशमा सिन्हा पहिलो हिन्दू प्रधानन्यायाधीश हुन् ।

khanepani