काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले...

पुरा पढ्नुहाेस्

राष्ट्रिय जनगणना: उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

4.98K
shares
khanepani bord

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरिएको छ । राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गरेकाे हो ।

विवरण संकलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुगेका थिए ।

विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरेका थिए। गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना दिए। उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य फुयाँलले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिएकामा उपराष्ट्रपतिमा आभार प्रकट गरेको थिए । उनले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए ।

महानिर्देशकसहितको टोलीले गणककारुपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्यांक संकलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ आजदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना आजदेखि आगामी मङ्सिर ९ गतेसम्म गरिनेछ ।

IME
khanepani