बिहीबार पनि न्यायाधीशले अरु मुद्दा हेरेनन्

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले भने ६ वटा निवेदनहरुको प्रारम्भिक सुनुवाइ गरेर कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ ।

प्रधानन्यायाधीश जबराले आफूबाहेक १० वटा इजलास तोकेका थिए । त्यसमा बन्दी प्रत्यक्षीकरणको रिट पेशी तोकिएको इजलासले मात्र मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासले एउटा सवारी ज्यानको मुद्दामा पनि आदेश गर्‍यो ।

सर्वोच्च अदालत स्रोतका अनुसार बन्दीप्रत्यक्षीकरणको निवेदन भन्दा अगाडि सवारी ज्यानको मुद्दाको पेशी राखिएकाले सो इजलासले अर्को प्रकृतिको मुद्दा पनि हेरेको हो । त्यो इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन पछिका मुद्दाको भने सुनुवाइ गरेन ।

२५,कार्तिक.२०७८,बिहीबार १६:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्