
काठमाडौं । सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न पत्रपत्रिकालाई आग्रह गरेको छ । विज्ञापन बोर्डले एक प्रेस विज्ञप्ति जारी गरी जनस्वास्थ्य ऐन सम्झाउँदै सो आग्रह गरेको हो ।
जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन र प्रचार-प्रसार गर्न नपाइने उल्लेख छ ।
चाडबाडको समयमा पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरितका मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको बोर्डले उल्लेख गरेको छ । यस्तै, देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन दखिएको भन्दै बोर्डले त्यसलाई हटाउन समेत सूचित गरेको छ ।
यदि निर्देशनको पालना नगरेको खण्डमा कानून बमोजिम कारवाही हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्