
काठमाडौं । नेपाल बार एशोशिएसनका केहि पदाधिकारी र केहि बरिष्ठहरुको निहित स्वार्थमा दुइ हप्ता भन्दा बढी समयदेखि अदालत ठप्प पार्दे आम सर्वसाधारणमाथि अन्याय हुने गतिविधिको भण्डाफोर गर्न भोलि शुक्रबार काठमाडौंमा वृहत नागरिक आन्दोलन हुने भएको छ ।
प्रधान न्यायाधिस चोलेन्द्र शम्शेर जबराको विरुद्धमा सुनियोजित ढंगबाट लागेर मुलुककै न्याय क्षेत्र ध्वस्त पार्ने गरी भइरहेको षड्यन्त्र विरुद्ध स्वतःस्फुर्त रुपमा राष्ट्रभक्त सम्पूर्ण नेपालीलाइ सडकमा उतार्ने तयारी भइरहेको न्यायालय सुद्धिकरण अभियान, स्वतन्त्र कानून व्यवसायी अभियान, उन्नत लोकतन्त्र अभियान, अखण्ड नेपाल हिन्दु राज्य पुनस्थापन अभियान लगाएतका समूहहरुले सामुहिक रुपमा वृहत आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले प्रधान न्यायाधिसलाई बाध्यात्मक रुपमा गैह्कानूनी ढंगबाट हटाउने खेल खेलिरहेकाहरु विरुद्ध यो आन्दोलन अनिश्चत कालका लागि जारी रहने बताएका छन् ।
अदालतमा विचौलीयाहरुको प्रवेशलाई रोक्न र मुलुकको हितमा विभिन्न फैसला सुनाउँदै आएका प्रधान न्यायाधिसबाट आगामी दिनमा थप जनहितका निर्णय आउनसक्ने र त्यस्तो कार्य नरुचाएको तत्वले उनि विरुद्ध आन्दोलन गरिरहेको वक्तव्य मार्फत भनिएको छ ।
भोलिको आन्दोलनमा दसौं हजार आम नागरिक सहभागी हुने र इजलास बहिस्कार गर्ने प्रधान न्यायाधिस विरुद्ध जनमत सृजना गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्