
काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ।
केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।
बैठक बानेश्वरमा बस्ने भएको हो। विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ।
प्रतिक्रिया दिनुहोस्