काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने

4.67K
shares
khanepani bord

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यही मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ ।

महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिका सहसंयोजक स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको बताए ।

‘यहाँ करिव ६५ सय बेड रहेछन्, हामीलाई अधिकतम ४ हजार बेड भए पुग्छ’, उनले भने, ‘यहाँका पर्यटन व्यवसायीसँग कुन होटलमा कति राख्न सकिने विवरण मागेका छौँ, सोही अनुसार बुक गर्नेछौं ।’ क्षेत्रीय होटल संघ (हान) सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको बताए ।

महाधिवेशनको बन्दसत्रमा सहभागिलाई एकै मेसबाट खाना-खाजाको व्यवस्थापन गर्ने योजना रहेको बताए । उनका अनुसार ५ छाक खानाको व्यवस्थापन गर्न खाद्यान्न सामाग्री जुटाइनेछ । बन्द सत्रमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १ हजार ७ सय ५० जना भोलि निर्वाचनबाट छनौट हुनेछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख बढी जनता सहभागी गराइने तयारी भएको बताए । उनका अनुसार बागमती प्रदेशबाट २ लाख ५० हजार, प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार, गण्डकी प्रदेशबाट ५० हजार जनता सहभागी हुने अनुमान छ ।

उद्घाटन सत्रमा छिमेकी देशका सत्ता र प्रतिपक्ष दलका शीर्षनेताहरुलाइ समेत निमन्त्रणा पठाइएको बताए । नारायणी नदि किनारमा हुने उद्घाटनसत्रलाइ देशका मुख्य शहरबाट लाइभ हेर्न मिल्ने गरि डिस्प्ले बोर्डहरू राखिने तयारी छ । बुटवल, जनकपुरसम्म डिस्प्ले बोर्ड राख्ने योजना छ ।

उद्घाटनस्थलमा विशाल गैडाको मूर्तिमाथि राष्ट्रिय झण्डा र एमालेको लोगो अंकित झन्डा राखिदैछ । २ तले मञ्चमा रहेका अतिथिलाई सहजै हेर्न र सुन्न मिल्ने गरि व्यवस्था मिलाइनेछ । स्टेज निर्माणको काम मंसीर १ गतेदेखि सुरु हुनेछ । आज होटल सेभेन स्टारमा जनप्रतिनिधि र सरोकारवाला पक्षसहितको भेला बसेर तयारीबारे छलफल गरिएको थियो ।

यसअघि हात्ती महोत्सव हुने बाघमारा चौरमा बन्द सत्र गर्ने तयारी थियो ।

IME
khanepani