सैनिक शासित म्यानमारको एक अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्सटरलाई ११ वर्षको सुनाए जेल सजाय

यांगुन । सैनिक शासित म्यानमारको एक अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्सटरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । अदालतको यस्तो फैसलासँगै उनलाई रिहाइ गर्ने अमेरिकी प्रयासमा धक्का लागेको छ । ३७ वर्षे पत्रकार फेन्सटर अनलाइन म्यागजिन फ्रन्टियर म्यानमारका सम्पादक थिए ।

उनीलाई त्यहाँको अध्यागमन कानून उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनको म्यागजिनले आफ्ना सम्पादकविरुद्धको फैसलालाई कानूनको धज्जी उडाइएको रुपमा उल्लेख गरेको छ ।

पछिल्ला वर्षमा म्यानमारमा जेल सजाय पाएका उनी पहिलो पश्चिमेली पत्रकार हुन् । गत फेब्रुअरी १ मा सेनाले आङसान सूचीको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै आफ्नो नेतृत्वमा सरकार बनाएको थियो ।

गत मेमा म्यानमार छाड्ने प्रयास गर्दा पत्रकार फेन्सटर पक्राउ परेका थिए । उनलाई अहिले म्यानमारको जेलमा राखिएको छ । उनका पत्रकारले रिहाइको लगातार माग गरिरहेका छन् ।

२६,कार्तिक.२०७८,शुक्रबार १३:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्