जिल्ला निर्वाचन अधिकृतको राजीना पछि कांग्रेस सर्लाहीको अधिवेशन अन्यौलमा

काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउन खटाएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन अनिश्चित बनेको हो ।

जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै शुक्रबार राजीनामा दिएका हुन् ।

‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने ।

सर्लाहीमा शनिबार वडा अधिवेशन हुँदैछ । अधिवेशनको अघिल्लो दिन निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन प्रक्रिया अन्यौलमा परेको हो । निर्वाचन अधिकृतलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै जिल्लाका नेताहरु छलफलमा जुटेका छन् ।

२६,कार्तिक.२०७८,शुक्रबार १४:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्