नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह नजाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह नजाने भएका छन् ।

पौडेलले शुक्रबार दिउँसो आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

तर पौडेल समूहका प्रभावशाली नेता सिंह भने बैठकमा सहभागी नहुने उनीनिकट एक नेताले बताए ।

सिंह काठमाडौंमै भएपनि फोन ‘स्वीच अफ’ गरेर बसेका छन् । पौडेलले सम्वादका लागि निरन्तर पहल गर्दा पनि सिंह तयार छैनन् ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि पौडेल समूहबाट चार जना नेतृत्वका आकांक्षी छन् ।

वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी हुन् ।

२६,कार्तिक.२०७८,शुक्रबार १५:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्