प्रधानन्यायाधिशका पक्षमा जनपक्ष वकिल र नागरिक समाज, इजलासमा नबस्ने न्यायाधिश र वकालत गर्नेलाई चेतवानी

काठमाडौं । सर्बोच्च अदालतका प्रधानन्यायाधिश र बारका बकिलहरु वीच भएको शक्ति संघर्षले आम सरोकारवाला मानिसहरु प्रभावित भएका छन ।

जनताको करबाट पालित पोषित भएका न्यायाधिशहरुको छिर्के दाउले न्यायका लागि पूर्वमेची देखि पश्चिम महाकालीसम्मका जनता प्रभावित भएका छन ।
वकलात नामा लेखाएका वकिलहरु प्रधानन्यायधिशको राजिनामा मागेर आन्दोलन गरिरहेकै समयमा प्रधानन्यायाधिशले राजीनामा दिनु हुर्दैन भन्ने वकिल र आम सरोकारवाला नागरिक समुहले आज नयाँ बानेश्वरमा एक सभाको आयोजना गरेर सर्बोच्च अदालतमा इजलासमा नबस्ने न्यायधिश र वकालत नगर्ने वकिलहरुलाई चेतवानी दिएका छन ।

प्रधानन्यायाधिशको पक्षमा नागरिक समाज समेत उभिन पुगेको छ । विधि र विधान विरुद्ध सर्वोच्च अदालतमा इजलास बन्न नसक्दा आम नागरिक मर्कामा परेका छन । तर, आफुलाई बौद्धिक भन्ने सर्बोच्च अदालतका न्यायाधिश र वकिलहरु आन्दोलन गरेर दुनियाँ हसाँई रहेको केहि वकिलहरु र आम जनताहरुको भनाइ रहेको छ ।

२६,कार्तिक.२०७८,शुक्रबार १७:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्