काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका नेता प्रकाशमानको दिल्ली यात्राले नेपाली कांग्रेसमा हंगामा

5.88K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लागेका छन् । पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिमा लड्ने घोषण गरेका सिंह नेपालगञ्जबाट लखनउ हुँदै दिल्लीतर्फ लागेको समाचार स्रोतको दावी छ ।

कांग्रेसनिकट स्रोतले दिएको जानकारी अनुसार ‘पूर्वमहामन्त्री सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागि भएर नेपालगञ्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लागेका हुन् ।’ सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणका दौरान सिंहले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने जनाइएको छ ।

कांग्रेस सहमहामन्त्री सुनीलबहादुर थापापनि हालै भारत भ्रमणबाट फर्केका छन् । भारतबाट फर्किएलगत्तै थापाले सिंहसँग भेट गरेको स्रोतको दावी छ । सिंहको भारत भ्रमणबारे उनको सचिवालयले भने पुष्टी गरेको छैन । १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका सिंह आज वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा अनुपस्थित रहे ।

नेता सिंह बुधबार गणेशमान सिंह जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागि भएका थिए । सो कार्यक्रममा सिंहले सत्तारुढ गठबन्धनले बनाएको समन्वय समितिको औचित्य नरहेको टिप्पणी गरेका थिए ।

वरिष्ठ नेता पौडेलसँग पछिल्लो समय सिंहको दूरी बढ्दै गएको छ । अघिल्लो महाधिवेशनमा पौडेललाई आफूले सहयोग गरेकोले यसपटक आफूलाई सहयोग गर्नुपर्ने सिंहको भनाई छ । सभापतिको दावेदारीबाट यसपटक कुनैपनि हालतमा फिर्ता नहुने गरी सिंहले तयारी थालेको उनी निकट स्रोतले दावी गरेको छ ।

IME
khanepani