काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशले एक मिनेट पनि पदमा बसिरहन मिल्दैन: जगन्नाथ खतिवडा

4.93K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा एक मिनेट पनि कुर्सीमा बस्न नमिल्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नो पार्टी र गठबन्धनले आधिकारिक धारणा बनाउन बाँकी रहे पनि प्रधानन्यायाधीश अब पदमा बस्न योग्य नरहेको बताए ।

खतिवडाले भने– यो मेरो व्यक्तिगत भनाइ नै हो अहिलेलाई । तर प्रधानन्यायाधीशले कुर्सीमा बसिरहन उचित छैन । यति चरित्रहीन न्यायालय बनाएर त्यसको नेतृत्वमा बस्न उहाँले सुहाउँदैन ।

IME
khanepani