काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रदेश १ का मुख्यमन्त्री राईको गुनासो, मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए

5.12K
shares
khanepani bord

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराए।

‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उनले भने, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन।’

राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए। ‘सयमा ९५ प्रतिशत सही मन्त्री ठीक छान्यो भने पनि जो पर्दैन उसले विरोध गर्ने प्रवृत्ति छ,’ उनले भने।

राईले पार्टीले नै सरकार चलाउनुपर्ने सैद्धान्तिक कुरामा आफ्नो विमति नरहेको बताउँदै राजनीतिक नियुक्तिमा मात्रै नभएर नीतिगत निर्देशन पनि पार्टीले गर्नुपर्ने बताए।

IME
khanepani