काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

विद्युतीय बस खरिद र हेटौंडा, कुलेखानी सुरुङ मार्ग स्थगित

4.07K
shares
khanepani bord

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।

तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए । उनले अघि भने, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हामीले हाललाई यो योजना स्थगित गरेका छौं ।’

हेटौंडा–काठमाडौं सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।

उनका अनुसार प्रदेश सरकारले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाउने तयारी छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजना बनेको छ ।

khanepani