पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ ।

२७,कार्तिक.२०७८,शनिबार १६:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्