जुन फैसलाका कारण भट्कियो वरिष्ठ बकिलहरुको सेटिङ,त्यसकै मारमा प्रधानन्यायाधिश

उनले भ्रष्टाचारविरुद्ध सक्रियता बढाएर बिचौलियाको सातो जानेगरी काम गर्न सुरु गरिसकेका छन् । त्यसैले गर्दा जबरा अहिले घेरावन्दीमा परेका छन्

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा यस्ता न्यायाधीश हुन्, जो आफू सधैँ जोखिम मोल्छन् तर त्यो जोखिम चमत्कारि ढंगबाट मुलुकलाई गलत ट्रयाकमा जानबाट रोक्ने गर्छन् ।
उनले गरेका फैसलालाई स्मरण गर्ने हो भने प्रतिनिधि सभा विघटन फागुन ११ गतेलाई सम्झिन सकिन्छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गर्यो ।

पटक–पटक संसद विघटन गरेर ओलीले प्रतिगमन गरेको भन्दै २ महिना लामो बहस चलेपछि संसद विघटन गर्ने निर्णय बदर गरेर प्रतिगम सच्याएका थिए । यतिबेला राजनीतिक दलका नेताहरुले सो निर्णयको खुलेर प्रशंसा गरे ।

चालेन्द्रले कर छलि गर्न खोज्ने एनसेल प्रकरण, सुमार्गी प्रकरण, फेवातालको जग्गा अतिक्रमण प्रकरण लगायतका मुद्दामा सुनाएको फैसलाबाट मुलुकलाई सहि मार्गमा लैजान गरेको यो प्रयासको निर्णयले पनि राम्रै चर्चा पाएको छ ।

उनले लामो समयदेखि नेपालमा सञ्चालित टेलिकम्युनिकेशन कम्पनी एनसेल प्रकरणमा पनि राज्यलाई ठुलो घाटा हुनबाट जोगाएका थिए ।

यसैगरी, व्यवसायी अजयराज सुमार्गीको विदेशबाट ल्याएको पैसा फुकुवा नगर्न परमादेश जारी भयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सुमार्गीको बैंक खातामा रहेको रकम फुकुवा गर्नुपर्ने अवस्था नदेखिएको भन्दै रिट खारेज गरिदिए ।

चोलेन्द्र शमशेरका विगतका कतिपय फैसला विवाद र चर्चामा परे पनि उनी संलग्न भएर गरेका फैसलाले मुलुकको संरक्षणमा ठूलो योगदान भएको छ ।
प्रधानन्यायाधीश जबराको नियुक्त भएपछि असोचनिय हिसाबले राम्रै काम भएका छन् । उनले विवादमा मुछिएका, उन्मुक्ति पाएका गलत व्यक्ति र विभिन्न व्यापारिक घरानाका मुद्दालाई आफैं किनारा लगाउने काममा सक्रियता देखाएका थिए ।
त्यतिमात्र होइन, न्यायालय सुधारका निम्ति उनले प्रशासनिक कामलाई पनि कडाईका साथ लागु गरे।

उनले सुन तस्करीका अभियुक्तहरूलाई उन्मुत्ति दिलाउने बिराटनगर उच्च अदालतका न्यायधीशलाई पनि कारबाही गरे । सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए । न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेललाई तत्काल काठमाडौं झिकाइएको थियो ।

उनले भ्रष्टाचारविरुद्ध सक्रियता बढाएर बिचौलियाको सातो जानेगरी काम गर्न सुरु गरिसकेका छन् । त्यसैले गर्दा जबरा अहिले घेरावन्दीमा परेका छन् ।

२८,कार्तिक.२०७८,आईतवार ०९:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्