
पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को समग्र सुधार र सिटी स्क्यान लगायत महत्वपूर्ण सामाग्रीहरुको तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।
आइतबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भेटेर अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले सिटी स्क्यानको अभावले निमुखा जनतालाई मार परेको र यसको व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् ।
अनेरास्ववियुले अस्पतालको समग्र व्यवस्थापन सेवा प्रवाह लगायतलाई आन्तरिक रुपमै सुस्म रुपमा निरन्तर फ्लोअप गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्