काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटीबाट नगदसहित एक जना पक्राउ

4.3K
shares
khanepani bord

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटीबाट नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका ५ का २५ वर्षीय अमर नारायण दास रहेका छन् ।

उनलाई १६ लाख २० हजार ९ सय रुपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको महाशाखाले जनाएकाे छ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

khanepani