काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

4.98K
shares
khanepani bord

काठमाडौं । पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए । उनले उपकुलपतिको कामकाज गर्ने गरी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।

मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा. रावलले दिएको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले यस विषयमा विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

IME
khanepani