काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

कैलालीमा युवकको हत्या प्रकरण : सीआईबीको टोलीले थाल्यो अनुसन्धान

5.51K
shares
khanepani bord

धनगढी। कैलालीमा युवकको हत्या भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान शुरू गरेको छ।

सोमबार कैलाली पुगेको सीआईबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नेतृत्वको टोलीले काम थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीलाई सुक्ष्म अनुसन्धान र प्राविधिक पक्षमा सीआईबीको टोली सघाउनेछ । उक्त टोलीमा सीआईबीका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर दुई जना अधिकृत छन्।

गत २३ गते कैलालीको टीकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिररहेको छ । मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका ७ जना आरोपी अझै फरार रहेकाले उनीहरूको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लम्की टीकापुर क्षेत्रमा विगतदेखि अपराधीक गतिविधिमा संलग्न हुँदै आएको गिरोहले बडुवालको हत्या गरेकाले प्रहरीले संगठीत अपराध अन्तर्गत यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

IME
khanepani