मुगु सदरमुकाममा भीषण आगलागी- २१ घर जलेर नष्ट

सुर्खेत । मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुख्य बजार क्षेत्रमा रातीदेखि सल्किएको आगोले २१ घर जलेर नष्ट भएको छ ।

मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दिएको जानकारीअनुसार छायानाथ रारा नगरपालिका १ मा पर्ने गमगढीको मुख्य बजारमा राती १२ बजेदेखि आगो लाग्न सुरु भएको थियो ।

राती नै स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव भएको थिएन । साँघुराे बाटाे, काठबाट निर्मित कच्ची घरहरु एकअर्कासँग जाेडिएकाले पनि क्षति धेरै भएकाे हाे । मुगुमा दमकल नभएकाे हुनाले क्षति कम गर्न सकिएन ।

आगो लाग्नुको कारणबारे निश्चित भइनसकेको जानकारी प्रजिअ महतले दिएका छन् । मानवीय क्षति नभए पनि कराडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

३०,कार्तिक.२०७८,मंगलवार ०९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्