काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

जनगणनामा मनपरी प्रश्‍न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति, सच्‍याउन आग्रह

3.89K
shares
khanepani bord

काठमाडौं। १२औ जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् ।

मंगलबार विहान १०:३० बजे तथ्‍याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् ।

विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले सच्याउन आग्रह गरेका छन् ।

जात/जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू, धर्म र भाषाको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्‍यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन्।

यता, महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए । तालिमका क्रममा गणकहरूलाई के-के सोध्न मिल्ने र के-के नमिल्ने भनेर तालिम दिइएको उनले प्रष्ट पारे ।

khanepani