काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

4.06K
shares
khanepani bord

बुटवल। पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीले माग गरेका छन् । बारम्बार मुल्यवृद्धि भएपनि ढुवानी भाडा समायोजन नभएकाले यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ति जारी गरी मुल्यवृद्धि फिर्ता नलिए साविक दररेटमा ढुवानी गर्न असमर्थ भई सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाटले जारी गरेको संयुक्त विज्ञप्तिमा मूल्यवृद्धिले ट्रक व्यवसायीलाई समस्यामा पारेकोले तत्काल फिर्ता गर्न नेपाल आयल निगमसंग माग गरिएको छ ।

२०७८ वैशाख ५ गते डिजलको मूल्य १०४ प्रतिलिटर रुपैयाँ हुँदा तय भएको ढुवानी भाडा हाल डिजलको मूल्य ११९ प्रतिरुपैयाँ हुँदा पनि नबढी सोही भाडामा ढुवानी गर्नु पर्दा व्यवसायी समस्यामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ हेरफेर हुँदा सोही अनुरुप भाडा समायोजन गर्नुपर्ने व्यवस्था भए पनि त्यो कार्यान्वयन नहुँदा व्यवसायी मारमा परेको विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयं सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

khanepani