प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको छैटौं बैठक आज बस्दै, मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिने

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको छैटौं बैठक आज बस्दैछ । आज बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिनेछन् ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग गर्‍यो । सत्ता पक्ष बैठक स्थगित गर्न तयार थिएन ।

सत्तापक्षको जोडबलमा बसेको बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरे ।

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

सत्ता पक्षको जोडबलमा बसेको बैठकमा प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।

आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् । प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

१,मंसिर.२०७८,बुधबार १०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्